विश्व स्वास्थ्य संगठनले फेरि भन्यो–‘बिरामी नहुञ्जेल मास्क नलगाउनू’ !
विश्व महामारी कोरोनाभाइरसबाट विश्वमा हजारौँले ज्यान गुुमाइसकेका छन्। संक्रमितको संख्या दिनहुँ बढिरहेकै छ। अझै यो भाइरसबाट कतिले ज्यान गुुमाउने हुुन् भन्ने सकिने अवस्था छैन। कोरोनाले धनी–गरिब र उच–निच नचिन्ने भएकोले यसबाट विश्वका चर्चित व्यक्तित्व र हस्तीहरुले पनि आफ्नो ज्यान गुुमाइसकेका छन्। आउनुहोस् कोरोनाका सिकार भएका चर्चित व्यक्तिहरुबारे जानौँ।
इटलीकी एक चर्चित कलाकार लुुसिया बोस कोरोनाको जाँचमा पोजेटिभ भेटिएकी थिइन्। कोरोना संक्रमणपछि उनलाई निमोनिया भयो र २३ मार्चमा उनको मृत्युु भयो। उनले माइकल एन्जलो एन्टोनियोको फिल्म स्टारी अफ लब अफेर्यस (१९५०) मा गरेको अभिनयले धेरै लोकप्रियता हासिल गरेको थियो। उनी ८९ वर्षकी थिइन्।
टप सेफ मास्टर्स सिजन ३ का विजेता सेफ फ्लायर्ड कार्डाेजको ५९ वर्षको उमेरमा कोरोनाको संक्रमणबाट मृत्युु भयो। कोरोनाका कारण उत्पन्न जटिलताका कारण उनको २५ मार्चमा मृत्युु भएको थियो।
८६ वर्षका ज्याज म्युुजिसियन मनुु डिबांगोले वल्र्ड डान्स म्युुजिकमा आफ्नो छुुट्टै पहिचान बनाएका थिए। यस क्षेत्रमा उनको प्रभाव अहिलेसम्म कायम छ। उनको पनि कोरोनाभाइरसका कारण २४ मार्चमा निधन भएको थियो। उनले अफ्रिकन रिदम र फंक म्युुजिकमा धेरै काम गरेका थिए।
नेटफिलिक्सको फिल्म सिरिज ‘युु’मा देखिने गरिएका कलाकार मार्क ब्लमको कोरोनाकै कारण २६ मार्चमा निधन भएको थियो। उनी ६९ वर्षका थिए। उनी न्युुयोर्कको स्टेज सर्कलमा धेरै लोकप्रिय थिए।
ग्रामी अवार्ड विजेता कन्ट्री म्युुजिक गायक जो डिफीको कोरोना संक्रमणबाट मृत्युु भएको थियो। ६३ वर्षीय डिफीको मृत्युुको जानकारी उनको फेसबुुक अकान्टबाट दिइएको थियो।
चर्चित नाटककार टेरेन्स मेक्लेनको पनि कोरोनाभाइरसका कारण २४ मार्चमा निधन भएको थियो। उनको उमेर ८१ वर्ष थियो। उनले चर्चित नाटकहरु लेखेका थिए। – एजेन्सी