Logo

कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ५३००० नाघ्यो, संक्रमितको संख्या १० लाख १५००० ….(भिडियो सहित)

चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । कोरोनाकै कारण विश्वभरमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वभरमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ५३ हजार १ सय ९१ पुगेको छ । भने कोरोना संक्रमणको संख्या १० लाख १५ हजार ४ सय ४७ पुगेको छ ।

त्यस्तै कोरोनाभाइरस संक्रमित २ लाख १२ हजार २ सय २९ जना निको भईसकेका छन् । कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा प्रभाव परेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार नाघेको छ । भने मृत्यु हुनेको संख्या ६ हजार ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्