Logo

कोरोना सङ्क्रमण रोक्न, टोलको दाजुभाइको सकृयता

काठमाण्डौं- विश्व कोरोना भाइरस कोभिट 19 बाट ग्रसित छ । नेपाल पनि यस्मा अछुतो रहन सकेन । आज सर्कारको आबहानमा पुरै देश लक डाउनमा छ । यो लक डाउनलाइ अपबाद बाहेक सम्पुर्ण नेपाली जनताले सहर्स स्वीकारेका छन भन्न अतियुक्ती नहोला । तर समाज मा साझ बेलुकी कमाएर आफ्नो जिबिकोपार्जन गर्ने ब्यक्तिको पनि कमि छैन । यो लक डाउन ले गर्दा बिशेसत उनिहरु जो निम्न बर्गिय मा पर्छन उनिहरुको दैनिक आबश्यकता पुर्तिको लागि नेपाल सर्कार लगायत अन्य गैर सर्कारी र ब्यक्तिगत रुपमा विभिन्न दाताले सहयोग पनि गर्दै आएका छ्न । जुन सर्हानिय कार्य मा गनिन्छ ।

यसो गरिरहदा केही युवा साथिहरु आफ्नो ब्यक्तिगत लगानिमा टोल मा कोरोना सङ्क्रमण रोक्न को लागि सर्सफाइ अभियान मा सरिक भै रहेका छन । यस्तै एउटा उदाहरणिय कार्य ललितपुर महानगर पालिका वडा न १ मा पनि देख्न पाइयो ।

स्थानिय वासी श्री कमल थापा तथा दाजुभाइको सकृयतामा उक्त वडामा G T Z नामक वीर अस्पतालबाट ल्याइएको जापनिज औषधि छर्कने काम भएको छ । उक्त औषधि को सम्पुर्ण खर्च भने वीर अस्पतालमा नै कार्यरत कर्मचारी राजु ले ब्यहोरेका हुन ।

कोरोना बिरुध्द हाम्रो अभियान जन उत्तर दाइत्व र हाम्रो सहकार्य रहनु पर्छ भनेर हामिले यो कार्य गरेका हौ अगुवा कमल थापा भन्दछन ।
यो विषम परिश्थितिमा हामी जनताले पनि देस र राश्ट्रको लागि केही गर्नु पर्छ भन्ने जनभाबना बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्