Logo

विराटनगरमा लकडाउनका बेला दुई पक्षबीच झडप, दर्जनभन्दा बढी घाइते !

लकडाउनको बेला सुनसरीको दहुवी नगरपालिका-९, छातावेलीमा झडाप हुँदा दर्जनभन्दा बढी घाइते भएका छन् । उनीहरुको सुनसरीको दुहवीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । वडा नम्बर ९ मा रहेको जयबाबा इँटा उद्योग लकडाउनका बेला पनि सञ्चालनमा रहेको भन्दै बन्द गर्न प्रहरीमा खबर गरेको विषयलाई लिएर झडप भएको एक पक्षले जनाएको छ ।

अर्को पक्षले भने इँटा भट्टाको विषयमा नभइ राहत हिनामिना गरेको भन्दै आरोप लगाएपछि झडप भएको दावी गरेका छन् । दुहवी वडा नम्बर ९ का वडाअध्यक्ष मेहदी हुस्सेन समूह र त्यसै ठाउँका मुस्ताकिम आलाम समूहका बिचमा झडप भएको हो । बंगलादेश, भारत लगायतका देशबाट आएका मजदुहरु लकडाउनका बेला पनि इँटा भट्टामा रहेको र उनीहरुले कोरोना सङ्क्रमण फैलाउने भन्दै मुस्ताकिमको समूहले उद्योग बन्द गर्न माग गरेका थिए ।

तर वडानम्बर ९ का वडाध्यक्ष मेहदी हुस्सेनको समुहले सञ्चालन गरेको उद्योग बन्द नभएपछि मुस्ताकिमले प्रहरी र पत्रकारलाई दुई दिन अघि खबर गरेको थियो । प्रहरी र पत्रकारलाई खबर गरेर आफूहरुको बेइज्जत गरेको र उद्योग बन्द गराउन खोजेको भन्दै हुस्सेन समूहले आक्रमण गरेको मुस्ताकिम मियाँले बताउनुभयो ।

वडाअध्यक्ष मेहदीले भने राहत हिनामिना गरेको र पीडितका नाममा आएको पैसा खाएको भनेर हल्ला गर्दै हिडेकाले सम्झाउने क्रममा झगडा भएको बताउनुभयो । झडपका क्रममा दुवै पक्षका घाइते भएका छन् । झडपका क्रममा वडाअध्यक्ष मेहदी हुस्सेनका भतिजा नुर हुस्सेन र अमिल हुस्सेन घाइते भएका छन् । अर्को पक्षका भने मुस्ताकिम मियाँ, सद्याम मियाँ, मुस्ताक मियाँ, इस्तियाक मियाँ अर्मान मियाँ, हाजी रमजान, जियायुद्यिन मियाँ तथा समृधिन मियाँ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्