Logo

‘कोरोना भाग्छ रे’ भन्दै पूर्वतिर घरघरमा गरियो दीप प्रज्ज्वलन !

नेपालीमा रहेको अचम्मको विश्वासकै कारण बेलाबेलामा ‘हौवा’को पछि लाग्ने समाज भनिएको पक्कै होइन रहेछ । केही हप्ताअघि कोरोना भगाउन हेलिकप्टरबाट औषधि छर्कदै भन्ने अफवाहको पछि दौडिएको समाज आज पुनः अर्को लहैलहैमा देखिएको छ ।

सामाजिक सञ्जालमा छाएको विषयलाई लिएर गाउँगाउँमा घर अगाडि दीप प्रज्वलन गरिएका छन् । एकले दीप बाल्दा त्यसैको पछि लागेर हरेकजसो परिवार आफ््नो घर अगाडि दियोमा बत्ति बाल्न आतुर देखिएका छन् । तर बत्ति बाल्नुको अर्थ भने कोहीकसैलाई थाहा छैन् । स्थानीय प्रमिला पोखरेलले भनिन्,“सबैले बाले अनि मैले नि बालिदिए ।”

बाटोमा एकपछि अर्को बत्ति बाल्नेको संख्या बढ्दै गएको छ । इनरुवाका विभिन्न भेगका वस्तीहरुमा दियो बालिएको खबरहरु प्राप्त भएका छन् । केहीले रातिको ९ बजे पछि दियो बाल्ने भन्दै पर्खि बसेको समेत पाइएको छ ।

सामाजिक सञ्जालमा भनिए अनुसार घरघरमा बत्ति बाल्दा विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाग्छ रे । त्यही हल्लाको पछि लागेर नेपालीहरु यतिबेला आआफ्नो ठाउँ र घरबाट कोरोना भगाउनमा व्यस्त छन् ।

वास्तवमा आज बाल्ने बत्तिको प्रसंग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन र आग्रहसँग जोडिएको छ । कोरोनासँग जुधिरहेको भारतमा जारी लक डाउनले आजित बनेका जनताको आत्मबल बढाउदै भाइरस विरुद्धको लडाईमा एकतावद्ध रहेको सन्देश दिन मोदीले उक्त कदम अघि बढाएका हुन् ।

यसअघि समेत उनले जनतालाई थाल ठटाएर सरकार र जनता सँगसँगै कोरोना विरुद्धको अभियानमा छौं भन्ने सन्देश दिन भनेका थिए मोदीले ।

उक्त अभियानमा जनताले साथ दिएकाले पुनः मोदीले आज ९ बजे ९ मिनेटका लागि विजुली बन्द गरेर, मोमबत्ति, टर्च, मोबाइल जस्ता साधन प्रयोग गरी प्रकाश फैलाउन जनतामाझ आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्