Logo

३ करोड जनसंख्यामा १५ सयको मात्र काेराेना परीक्षण गरेर ढुक्क हुने अवस्था छैन : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कोभिड १९ (कोरोना भाइरस)को परीक्षण एकदमै न्यून भएको बताउनु भएको छ ।

समाजिक सञ्जाल ट्वीटर मार्फत उहाँले तीन करोड जनसंख्यामा १५ सयको मात्र परीक्षण गरेर कोरोनाबाट ढुक्क हुने अवस्था नभएको स्पष्ट पार्नु भएको छ ।

विदेशबाट लाखौं नेपाली भित्रिएको भन्दै द्रूत गतिमा परीक्षण बढाउन पर्ने उहाँको सुझाव छ । उहाँ लेख्नुहुन्छ, ‘विदेशबाट लाखौं नेपाली भित्रिने स्थितिमा हामीले द्रूत परीक्षण बढाउनैपर्छ। स्यालको शिकार गर्न बाघको खजाना जो भनिन्छ !’

नेपालमा हालसम्म कोभिड १९ (कोरोना भाइरस) को परीक्षण जम्मा १ हजार ६५६ जनामा मात्र गरिएको छ । जसमध्ये हालसम्म ९ जनामा बाहेक अरु सबैमा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्