Logo

फ्रान्सले लैजान ठिक्क पारेकाे मास्क अमेरिकाले अपहरण गर्दा !

काेराेना भाइरसकाे कहरमा फसेकाे विश्वमा विचित्रका अनेकन घटना देख्न र सुन्न पर्ने भएकाे छ । यहाँ न काेही मित्र रहने भए न शत्रु नै । यस्तै घटना ब्यहाेर्न परेकाे परेकाे छ फ्रान्सले । अनेकन माेर्चामा साथै लडेकाे आफ्नै मित्र भनिएकाे अमेरिकाले आफुले चीनसँग किन्न ठिक्क पारेकाे मास्क अपहरण शैलीमा उडाइदिएकाे हाे ।

अमेरिकाले फ्रान्सले लैजान ठिक्क पारेकाे मास्क तीन/चार गुणा बढी पैसा तिरेर बीचबाटै ‘हाइज्याक’ गरेकाे फ्रान्स इस्टर्न रिजनका जिन राेट्नरलाई उधृत गर्दै फ्रान्स इन्फाेले जनाएकाे छ । याे क्षेत्र काेराेना भाइरसबाट फ्रान्सक‌ै सबैभन्दा प्रभावित मानिएकाे छ ।

चिनियाँ पनि के कम, व्यापारी न परे । फ्रान्स उडाउन विमानमा ठिक्क पारिसकेकाे मास्क तीन/चार गुणा नै बढी पैसा पाउने भएपछि अमेरिकालाई बेचिदियाे ।
उता आफु कहाँ आउन लागेकाे मास्क अमेरिकाले बीचबाटै उडाइदिएपछि फ्रान्स भने अन्याैलमा परेकाे खबरमा उल्लेख छ । राेट्नरले याे अस्वस्थ प्रतिष्पर्धा हाे भन्दै अरू मास्क खाेजिरहेकाे जनाएका छन् ।

काेराेना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएकाे छ भने फ्रान्समा पनि यसबाट दिनप्रतिदिन सयौंले ज्यान गुमाइरहेका छन् । दुबै देशका जनताले याे महाब्याधीबाट बच्न बेलैमा सतर्कता र हाेशियारी नगरेकाे भन्दै सरकारकाे अनलाेचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्