गगन थापा भन्छन्: चिकित्सक र सुरक्षाकर्मीको तलब काʼट्ने होइन, बरु हाम्रो तलब काट्नुस्…(भिडियो सहित)
नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले कोरोना भाइरसको संकटका बेला दिनरात सुरक्षामा खुटिएका चिकित्सक र सुरक्षाकर्मीहरूको तलव नकाट्न सुझाव दिएका छन् । बिहीबार थापाले सामाजिक सञ्जालमार्फत सांसदलगायत कम जोखिममा काम गरिरहेकाहरूको तलव काटेर कोषमा राख्न सुझाव दिएका हुन् ।
‘महासंकटको यो घडीमा हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलब, भत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोेबल बढाउने प्रयास गरौं’, थापाले भनेका छन् ।
चिकित्सक र सुरक्षाकर्मीहरूको तलव काʼटेर कोरोना भाइरसको रोकथाम, उपचार तथा राहतका लागि स्थापना गरिएको कोषमा जम्मा गर्न भनेपछि सांसद थापाले तलव नकाट्न सुझाव दिएका हुन् ।