Logo

दक्षिण कोरियाबाट आएका धादिङका एक युवकमा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखियो !

धादिङ, धादिङमा एक युवकमा कोरोना पोजेटिभ देखिएको छ ।मंगलबार गाउँपालिकामा भारत लगाएत तेश्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको र्या्िपड टेस्ट (आरडीटी किट) बाट कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानाकारी दिनुभयो ।
आरडीटी किटबाट पोजेटिभ देखिएका व्यक्तिलाई हुन पिसिआर परिक्षणका लागि सबैको नमूना संकलन गरेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने तयारी भईरहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

उक्त युवा आएको विमानको पहिचान तथा अन्य विस्तृत विवरणको खोजी भईरहेको तामाङले बताउनुभयो ।पोजेटिभ देखिएका २७ वर्षिय युवक दक्षिण कोरिया बसेर गत फागुन २१ गते घर फर्किएका र उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । मंगलबार मात्रै ज्वालामुखी गाउँपालिकामा ३५ जनाको आरडिटी परीक्षण गरिएको थियो। यसअघि पनि धादिङका एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

यो पनि कन्जुमर एपमा ८ सय बढी गुनासो- ग्यास अभावका गुनासो घटे, खाद्यान्न अभावका बढे केही समयअघिसम्म खाना पकाउने ग्यास अभावको समस्या रहेको गुनासो आउने गरेकोमा अहिले खाद्यान्न अभावको गुनासो बढी आउन थालेको छ।उपभोक्ताको गुनासो सुन्न भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यान्वयनमा ल्याएको उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली(सिआरएमआइएस) मा पछिल्लो समय दैनिक २५ देखि ३० वटाको हाराहारीमा खाद्यान्न अभावसम्बन्धी गुनासो आउने गरेका छन्।

कोरोना त्रासका कारण गत चैत ११ गतेबाट देशभर लकडाउन लागू भएपछि मुलुकको आपूर्ति प्रणाली ठप्पप्राय छ। अत्यावश्यक वस्तु बाहेकको बजार पूर्ण रुपमा बन्द छ। अत्यावश्यक दैनिक उपभोग्य वस्तुको पनि बिक्री वितरण सहज रुपमा भइरहेको छैन। जसकारण खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको अभावका गुनासो बढ्न थालेका छन्।

 

प्रतिक्रिया दिनुहोस्