Logo

फुटबलको जर्सीमा मात्रै देखिंदै आएका फुटबलर भरत खवास आर्मीको युनिफर्ममा यस्तो देखियो, युनिफर्म लगाएर हिंडे ड्युटीमा

नेपालमा कोरोना भाईरसको संक्रमण बढेपछि अग्रस्थानमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी हुन् । यिनै संस्थामा आवद्ध भएर बिभिन्न बिभागीय टोलिबाट खेलीरहेका खेलाडीहरुलाई पनि यतिबेला सम्बन्धित बिभागले ड्युटीमा बोलाएको छ ।केही दिन अगाडी ससस्त्र प्रहरी बल क्लबमा आबद्ध भएर ससस्त्रमै जागिर गरिरहेका महिला तथा पुरुष खेलाडीहरुलाई ससस्त्र प्रहरी बलले ड्युटीमा बोलाएको थियो । हाल नेपाल आर्मिले पनी आफ्ना मातहातमा रहेका खेलाडीहरुलाई ड्युटीमा बोलाएका छ ।

कोरोना भाईरसको कारण भएको लकडाउनमा परिवार संगै समय बिताईरहेका त्रिभुवन आर्मी क्लबका कप्तान तथा आर्मीका उपसेनानी भरत खवासलाई नेपाल आर्मीले ड्युटीमा बोलाएको हो । भरत अहिले आफ्नो युनिटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका छन् ।भरत खवास नेपाल आर्मी फुटबल टिमका कप्तान समेत हुन् उनले नेपाली आर्मी फुटबल टिमबाट विभिन्न घरेलुु फुटबल प्रतियोगिताहरू जिति सकेका छन् । भरत खवास नेपाली फुटबल इतिहासमा एक चर्चित त्यस्तो नाम हो जसले नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक समेत गरिसकेका छन् ।

उनले २ मार्च २०१३ (दशरथ रंगशाला, काठमाडौं) मा नर्दन मारियाना आइस्ल्याण्डविरूद्व २०१४ एएफसी च्यालेन्स कप छनोट चरणमा ह्याट्रिक गरेका हुन् । उनी नेपालका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्