Logo

पर्सामा निषेधाज्ञा जारी, सेना परिचालनको निर्णय !

पर्सामा ६४ जनामा कोरोनाभाइरसको पुष्टि भएसँगै संक्रमण थप फैलिन नदिनका लागि स्थानीय प्रशासनले कडा कदम चालेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र  जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सेना समेत परिचालन गर्ने निर्णय गरेको हो ।  पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसी सो निर्णय गरिएको हो । बैठकले मंगलबार साँझ ८ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातिसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको समयमा खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवा सञ्चालन गर्न पाइने छ । तर पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने गर्नुपर्नेछ ।

यस्तै उपचारबाहेक अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्