Logo

नारायणी अस्पतालको ट्वाइलेटको भेन्टिलेसन् फोडेर भागे २ कोरोना संक्रमित !

कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्। नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्। स्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन् । उनीहरु मंगलबार भर्ना भएका थिए। डा उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्। अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन् । संक्रमित भागेपछि खोजी कार्य भइरहेको बताइएको छ।

https://www.youtube.com/watch?v=TO6OwAqzmjsaa

प्रतिक्रिया दिनुहोस्