Logo

दर्शकको माया पाउनेमा विश्वस्त पल-पूजा

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको तयारीमा थियो । नायक पल शाह र नायिका पूजा शर्मा चलचित्रको प्रचारमा व्यस्त हुन थालिसकेका थिए ।

तर, कोरोनाको त्रासका कारण चलचित्र रिलिज हुन सकेन । चलचित्रको अनिश्चितकालको लागि रिलिज रोकिएको छ ।

चलचित्र पछि हटे पनि मसख्य कलाकारद्वय पल र पूजा भने चलचित्र जहिले रिलिज भएपनि दर्शकले माया दिने बताउँछन् । नायक पल शाह भदौ भन्दा अगाडि चलचित्र रिलिज नहुने र भदौपछि जहिले रिलिज भएपनि दर्शकले साथ दिने बताउँछन् ।

नायिका पूजा शर्मा पनि चलचित्रलाई दर्शकले माया गर्ने विश्वास व्यक्त गर्छिन् ।

म यस्तो गीत गाउँछु २ निर्देशक सुदर्शन थापा अहिले रिलिजको विषयमा केही नसोचेको बताउँछन् । उनले भने, ‘अहिले रिलिजको विषयमा सोचेर टाउको दुखाउनु छैन । अवस्था सामान्य भएपछि सोच्नु पर्ला ।’

लकडाउनको समयमा पल र पूजाले सामाजिक सेवामा पनि हात बढाएका छन् । पलले समस्यामा परेका प्रविधिकलाई ५ लाख बराबरको खाद्यन्न र पूजाले २ लाख बराबरको खाद्यन्न सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्