Logo

विवादित बनिन् मनिषा कोइराला

बलिउडकी चर्चित नायिका मनिषा कोइराला नेपाली हुन् । उनी नेपालमा नै जन्मिएकी उनले बलिउडलाई आफ्नो कर्मथलो बनाएकी थिइन् । उनी बलिउडबाट नै विश्वचर्चित बनिन् ।

अहिले उनै नायिका मनिषा कोइराला निकै विवादित बनेकी छिन् । नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेपछि नायिका कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरेकी थिइन् । सोही ट्विटका कारण उनी विवादित बनेकी हुन् ।

मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिदैँ भारत, नेपाल र चीनबीच शान्तिपूर्ण छलफल होस् भन्ने आशय दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’

उनको यहि ट्वीटको जवाफमा विरोधसहितको कमेन्टको वर्षा भएको छ । उनको पोष्टमा थुप्रै किसिमका कमेन्टहरु आएका छन् । मनिषाले नेपालको समर्थन गरेको भन्दै सामाजिक संजालमा निकै गालीसमेत गरेका छन् ।

उनलाई ‘खान्छे भारतको र गाउँछे अन्तैको राग । यसलाई भारतबाट लखेट् । यसको चलचित्र बहिष्कार गर’ सम्मको गाली गरेका छन् । एक व्यक्तिले भारतबाट आफ्नो पहिचान बनाएर भारतकै विरुद्द बोलेको भन्दै उनको कामप्रति प्रश्न उठाएका छन् ।

भारतिय मिडियाले पनि मनिषाको चर्को विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्