Logo

कहिले रिलिज होला ‘म यस्तो गीत गाउँछु २’ ?

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको तयारीमा थियो । रिलिजको एक साता मात्र बाकीँ हुदाँ चलचित्र पूर्ण रुपमा तयार भइसकेको थियो ।

तर, कोरोनाका कारण हल बन्द हुदाँ चलचित्र रिलिज हुन पाएन । चलचित्र अनिश्चित समयको लागि पछाडि धकेलियो ।

कोरोनाका कारण नेपाल पूर्ण रुपमा लकडाउन हुदाँ अब चलचित्र हल कहिले खुल्ने हो र ‘पेन्डिङ’ रहेका चलचित्रहरु कहिले रिलिज हुने हुन् पत्तो छैन ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को हालत पनि उस्तै छ । अहिले नै चलचित्रको रिलिज मिति तय गरिहाल्ने अवस्था छैन ।

निर्देशक सुदर्शन थापा अहिले नै रिलिजको विषयमा सोचेर टाउको दुखाउने मन नभएको बताउँछन् ।

उनले भन्ने गरेका छन्, ‘अहिले नै यो विषयमा सोचेर टाउको दुखाउन हुन्न । यसको बारेमा पछि नै सोचौला ।’

त्यस्तै, कलाकारद्वय पल र पूजा पनि यस विषयमा अन्योल नै छन् । चलचित्र कहिले रिलिज होला उनीहरुलाई पत्तो छैन ।

तर, पल र पूजा चलचित्र रिलिज भएपछि दर्शकको साथ पाउनेमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्