Logo

के बजेटले खुसी छन् चलचित्रकर्मी ?

बिहिबार आगमी आर्थिक वर्षको लगि वजेट भाषण गरेियो । प्रस्तुत गरिएको बजेटमा चलचित्र क्षेत्रलाई भने खासै सम्बोधन गरिएको देखिएन । केही बुँदामा अटाउन खोजेपनि त्यो अहिलेको संकटमा पर्याप्त छैन ।

अहिलेको अवस्थालाई हेरेर निर्माता संघले केही दिन अगाडि नै अर्थ मन्त्रालयमा १७ बुँदे माग पेश गरेको थियो । त्यसमध्य जम्मा ३ बुँदालाई समेटिएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए ।

कसरी अगाडि बढाउने भन्ने कुरालाई जोडे पनि अहिलेको संकटमा कसरी राहत दिन भन्ने विषयमा बजेटमा केही नराखिएको उनको गुनासो छ । आकाशका अनुसार अबको दुई वर्ष सरकारले चलचित्र क्षेत्रमा हेरिदिन जरुरी छ ।

त्यस्तै, हल संचालकहरु पनि बजेटले आफूहरुलाई केही सहुलियत नदिएको गुनासो गर्छन् । चलचित्र संघले माग गरेको कुनै पनि कुरालाई बजेटमा निसमेटिएको चलचित्र संघका अध्यक्ष मधुसुधन पाठकले बताए ।

यस्तो संकटमा सरकारसँग ठुलो अपेक्षा राखेको, तर केही सरकारले हलवालाको हितमा केही गर्न नसकेको उनको भनाई छ ।

अब कि त आन्दोलन गर्ने वा हल बन्द गरेर सरकारलाई चाबी बुझाउनुको विकल्प नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्