नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बझाङको बुगल गाउँपालिका- ३ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उनका अनुसार उनी भारतको बैंग्लोरबाट असार २४ गते बझाङ पुगेका थिए । उनको साउन ३ गते घरमै निधन भएको थियो । उनको स्वाब जाँच गर्दा कोरोना पुष्टि भएको हो । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।