Logo

दुखद खबर:रहेनन् पूर्वरथी कुलबहादुर खड्का !

 

नेपाली सेनाका अवकाश प्राप्त रथी कुलबहादुर खड्काको मृत्यु भएको छ । खड्काको मंगलबार राजधानीको नर्भिक अस्पतालमा मृत्यु भएको हो । उनी केही वर्षदेखि प्याङ्क्रियाज क्यान्सरसँग जुधिरहेका थिए ।खड्का २०६६ सालमा भएको कट्वाल प्रकरणमा जोडिएका चर्चित पात्र समेत हुन् ।

उनलाई तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रधानसेनापतिमा नियुक्त गरेपनि राष्ट्रपति रामवरण यादवको हस्तक्षेपपछि कार्यभार सम्हाल्न पाएका थिएनन् । सो प्रकरणका कारण तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत राजीनामा दिनुपरेको थियो । खड्काको अहिले साँझ आर्यघाटमा सैनिक सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्