काठमाडौंका २७ जना ड्राइभरमा देखियो कोरोना, प्रहरी हाइअलर्ट !


काठमाडौं उपत्यकामा आज मात्रै ५३ जना कोरोनाका नयाँ सक्रमित थपिएका छन् । काठमाडौंको नक्सालस्थित प्रहरी प्रहरी प्रधान कार्यालयका २७ जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधान कार्यालयका एकैपटक २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

ती सबै प्रधान कार्यालयको सवारी शाखामा कार्यरत चालक रहेको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ । उनीहरुमध्ये कतिपय उच्च प्रहरी अधिकारीका चालक समेत थिए ।

कोरोना संक्रमित भेटिएसँगै सवारी शाखा शिल गरिएको छ । बाँकी चालकसहित उनीहरुका सम्पर्कमा आएका व्यक्ति, सवारी मर्मत शाखाका प्राविधिक र भान्छेहरुलाई समेत क्वारेन्टिनमा राखिएको छ ।

उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलनको तयारी गरिएको छ ।

सरकारले लकडाउन खुलासँगै कोरोना संक्रमितको दर तिब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यस्तै भक्तपुरमा १ र ललितपुरका ४ जनामा पनि संक्रमण देखिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने कूल निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।

यसैबबीच, विश्वका दुई सयभन्दा बढी वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०लाई कसरी कोरोना भाइरस फैलिन्छ भन्नेबारे आधिकारिक पुनरावलोकनको लागि आग्रह गरेका छन् । डब्ल्यूएचओले अहिले कोरोना भाइरस सर्न सक्ने एक महत्वपूर्ण जोखिमको बेवास्ता गर्दै आएको उनीहरुले आरोप लगाउँदै आएका छन् ।

अहिलेसम्म कोरोना भाइरस सर्न सक्ने दुई तरिकालाई मात्र नियन्त्रणको विषयमा प्रयास हुँदै आएको छ । तत्काल कुनै संक्रमितबाट कोरोना भाइरस सर्न सक्ने जोखिम र दोस्रो, संक्रमण फैलाउन सक्ने सतहमा छोएर आफ्नो नाक, आँखा वा मुखमा छुँदा सर्ने जोखिम ।

यद्यपि विशेषज्ञहरुले भने तेस्रो तरिकाबाट पनि कोरोना भाइरस फैलिनसक्ने खतरा रहेको बताउँदै आएका छन् । अध्ययनले संक्रमितको मुखबाट निस्किएको ड्रपलेट ९सूक्ष्म थोपा०को सबैभन्दा सूक्ष्म रुप ९एरोसोल्स० लामो समयसम्म हावामा रहन सक्ने देखाएको छ । एरोसोल्स निकै सानो ड्रपलेट ९पाँच माइक्रोनभन्दा सानो० हावामा छिटै बाफको रुपमा उडेर हराउन सक्छ । जसको कारण अन्य ड्रपलेटको तुलनामा लामो दुरीसम्म पुग्न सक्छ ।

शोधकर्ताहरुले यस विषयमा डब्ल्यूएचओले अहिलेसम्म आवश्यक अध्ययन नै नगरेको आरोप लगाएका छन्

जसको कारण बन्द कोठाभित्र राम्रोसँग हावा आवतजावत हुन नसक्ने स्थानमा बस्ने मानिसहरु निकै जोखिममा हुन्छन् । त्यसैले हावा राम्रोसँग आवतजावत नहुने घरहरु, बस, कोठाहरु र अन्य यस्ता स्थानहरु झन् धेरै जोखिमपूर्ण हुन्छन् । जहाँ एक दशमलव ८ मिटरको भौतिक दुरी कायम राख्नुले पनि काम नगर्न सक्छ ।

यस विषयमा भने डब्ल्यूएचओले चेतावनी नदिएको र मानिसहरुलाई सचेत बनाउन नसकेको भन्दै ३२ मुलुकका २३९ शोधकर्ताहरुले हस्ताक्षर गरेर एक पत्र बुझाएका छन् ।

यसरी एरोसोल्सबाट बन्द कोठाभित्रको हावामा नै रहेको कारण संक्रमितसँगको भौतिक दुरी कायम राख्दा पनि संक्रमित बनेको धेरै उदाहरण पाइएको विशेषज्ञहरुले बताउँदै आएका छन् ।

रेष्टुरेन्टमा डिनर गर्ने क्रममा पनि चीनमा धेरै मानिसहरु संक्रमित भएको उदाहरण पनि पाइन्छ । त्यस्तै अमेरिकामा मार्च १० मा भएको एक रिहर्सलमा अंकमाल गर्ने, हात मिलाउने, स्यानिटाइजरको प्रयोग गर्नेजस्ता मापदण्ड पुर्याउँदा पनि आठ जना बिरामी परेका थिए भने दुई जनाको मृत्युसमेत भएको थियो ।

यस विषयमा डब्ल्यूएचओले एरोसोल्सको माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने भए पनि यस किसिमको संक्रमण इन्टुबेशनलगायतका उपचारको प्रक्रियाको क्रममा मात्र हुन सक्ने बताएको छ । डब्ल्यूएचओका संक्रामक रोग विशेषज्ञ बेनेदत्त एलेग्रान्जीले अहिले शोधकर्ताहरुले अघि सारको बहसको सम्मान गर्ने र उनीहरुलाई बहसको मौका दिइने बताएका छन् ।

शोधकर्ताहरुले भने यस विषयमा डब्ल्यूएचओले अहिलेसम्म आवश्यक अध्ययन नै नगरेको आरोप लगाएका छन् । उनीहरुले यस किसिमको संक्रमणबाट धेरै मानिस संक्रमित हुने र व्यापक मात्रामा कोरोना भाइरस फैलिनसक्ने बताएका छन् । कोरोना भाइरस फैलिनुको यो पनि महत्वपूर्ण कारण रहेको उनीहरुको भनाइ छ ।

केहीले यो संक्रमण रोक्न मास्कको प्रयोग गर्नु उचित हुने बताएका छन् भने केहीले कोठामा राम्रोसँग हावा आवतजावत गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।