Logo

मोरङमा भेटियो अनौठो प्रजातिको माछा !

मोरङमा नयाँ प्रजातिको माछा फेला परेको स्थानीयले बताएका छन्। मोरङको बेलबारी ६ को सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो। सुनसरी–मोरङ सिंचाई आयोजनाको उक्त नहरमा दुईवटा माछा फेला परेका हुन।

 

अनौठो लाग्ने माछा भेटिएपछि स्थानीयले त्यसलाई सुरक्षित राखेका छन्। नयाँ प्रजातिको माछा भेटिएपछि धेरैलाई चासो समेत उत्पन्न भएकोछ। स्थानीय नगरपालिकाले माछा भेटिएकोले त्यसको जीवशास्त्रीमार्फत पहिचान गर्ने तयारी भईरहेको जनाएको छ। कतिपयले उक्त माछा हारा प्रजातिको भएको हुनसक्ने बताएका छन। अधिकारीहरुले यदि उक्त प्रजातिको माछा भए यो लोप हुन लागेको प्रजातिको बर्गमा पर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्