Logo

यी हुन माहान डाक्टर जस्ले १००को सख्यामा बिरामीको ज्यान आफनो रगत दियर बचाउँदै आयकाछन शेयर गर्नुहोस

स्वास्थ्यकर्मीलाई त्यसै भगवानको रुप भनिएको होइन । केही अपवाद वाहेक अस्पतालमा आएका बिरामीलाई निको बनाउने ध्याउन्न नै हुन्छ चिकित्सक र स्वास्थ्यकर्मीको । ज्यान बचाउन भन्दै अस्पताल आएका बिरामीलाई बचाउन हर सम्भव प्रयास गर्छन स्वास्थ्यकर्मीले । एक जना यस्ता चिकित्सक छन जसले उपचार मात्र गर्दैनन् आवश्यक परेको बेलामा आफ्नै रगत दिएर धेरैको ज्यान जोगाएका छन् ।

इमरजेन्सीमा आएका विरामीका आफन्त रगत नपाएर भौतारिकएो देख्न नसक्ने यि चिकित्सकले आफै रगत दिँदै बिरामी बचाउँदै गरेका छन् ।आफैँ उपचारमा खटिने डाक्टर सन्देश पन्थले २० वर्षको दौरान १०० पटक रक्तदान गरेका छन् । उनको रगतले सयौंको ज्यान बाँचेको छ । उनी जाहाँ जहाँ पुग्छन् विरामीले डाक्टरको रगत पाउँछन् ।

उनले यस्तो थुप्रै उदाहरण सुनाएका छन् । । म्याग्दी अस्पतालमा ड्युटीमा रहेको समयमा एकजना गर्भवती महिलाको इमर्जेन्सी अप्रेसन गर्नुपर्ने भयो । ती गर्भवती महिलाको अप्रेसन गर्नका लागि रगत र रक्तदान गर्ने व्यक्ति खोज्न समय लाग्ने भयो । त्यसपछि उनी आफैले रगत दिएर बचाए । आफै रगत दिए अनि आफैले शल्यकृया गरेर महिलाको ज्यान बचाए ।

म्याग्दीमै २०७१ साउन २८ गते एक महिला अत्यधिक रक्तश्रावपछि म्याग्दी अस्पताल आइन् । उनलाई पनि तत्काल रगत चढाउनुपर्ने अवस्था थियो । उनले आफै रगत दिए अनि आफै शल्यकृया गरे । ३ पाउण्ड रगत चढाएर पछि मात्र ति महिलाको पाठेघर सफा गरिएको थियो ।

उनको त्यस्तै अनुभग ललितपुरको पाटन अस्पतालमा काम गर्दा पनि छ । उनले धेरै पटक यसरी विरामीको ज्यान बचाएका छन् । सन् २००० मा एमबीबीएस अध्ययनका लागि बंगलादेशमा पहिलोपटक रक्तदान गरेका डा। सन्देशले पछिल्लोपटक सन् २०२० को जुलाइमा अष्ट्रेलियामा रक्तदान गरेको बताउँछन् । उनले प्रत्येक ३ महिनामा रक्तलान गर्छन । त्यसका लागि आफु कहाँ छु भन्ने सोच्दैनन् । जहाँ भएपनि उनी रक्तदानका लागि तयार हुन्छन् । बंगलादेशमा २० पटक अनि अष्ट्रेलियामा ३० पटक रक्तदान गरेका उनले बाँकी चाहिँ नेपालमै दान गरेका हुन् ।

जुम्ला, गुल्मी, बुटवल, म्याग्दी, लमजुङ लगायतका जिल्लाका अस्पतालमा उनले काम गरेका छन् । ति अस्पतालमा उनले धेरै पटक यस्तै उदाहरणीय काम गरेका छन् । पाटन अस्पतालमा आफ्नै श्रीमतीका लागि पनि दुईपटक रक्तदान गरेको पनि उनी सम्झन्छन् । रक्तदान गरेको १० मिनेटमै बिरामीको शल्यकृया गर्न तयार हुन्छन् ।
ताजा खबर बाट

सबैको जानकारीको शेयर गर्नुहोस !!!

प्रतिक्रिया दिनुहोस्