प्रतितोला १ लाख नाघ्यो सुनको मूल्य


सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ रहेको थियो । तेजावी सुनको मूल्यसमेत आइतबार १ लाख १ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँ थियो । रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले उचाइ छुँदा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ ।