शुभ श्री टोलको रहरलाग्दो सडक स्तर उन्नती


इमाडोल ललितपुरको शुभ श्री टोलमा सडक स्तर उन्नती अन्तर्गत सडक ढलान कार्य शनिबार सम्पन्न भयको छ !
चन्द्र सुर्य मार्गमा गरियको उक्त कार्य वडा प्रतिनिधि अमृत खत्री,पार्टि प्रतिनिधि प्रकाश पराजुली तथा शुभ श्री टोलसुधार समिती अध्यक्ष रमेश थापा लगायत टोलबासीको रोहबरमा सम्पन्न भयको छ !

सडक ढलान उद्घघाटनमा सरिक हुँदै नेपाली कांग्रेस वडा इकाई सभापति प्रकाश पराजुलीले बस्ती जाग्यो भने नहुने केही रहेनछ भन्ने कुरा शुभ श्री टोलले सिकायको बताउदै खुशी ब्यक्त गरेका छन !

वडा कार्यालयबाट छुट्याइयको सिमित रकम रु ४ लाखमा ७० मिटर सडक ढलान गरियको शुभ श्री टोल बिकास सस्थाका अध्यक्ष रमेश थापाले जानकारी दिय !
शुभ श्री टोलमा वडाबाट पहिलो पटक बजेट पारीत भयकोमा सिमा पारीको देसलाई सरह वडाले हेर्ने नजर फेरियकोमा अलग्गै महसुस भयको बताउदै थापाले आफ्नो टोल बिकास सस्था र टोलबासी निकै सकृय रहेको अवगत गराय !

वडा प्रतिनिधि अमृत खत्रिले बजेट सानो भयपनी उत्साह ठुलो भयको बताउदै सबै टोलबासिलाई वडाको कार्य सफल पार्न साथ दियकोमा धन्यवाद समेत दियका छन !
साथै शुभ श्री टोलको शुभ श्री मार्गमा शहरी बिकास मन्त्रालय अन्तरगत सडक स्तर उन्नती (ढलान र पिच ) कार्य र ढल निकास कार्य पनि भैरहेको सस्थाध्यक्ष रमेश थापाले बताय ! करिब ९० लाख रकम नीकासा गरी सरकारी तवरबाटै यो कार्य भैरहेको बताउदै उनले शुभ श्री टोललाई एक नमुना टोल निर्माण गर्न हर प्रयास गरियको र यो क्रममा आउने हरेक बाधा छिचोल्न टोलबासीहरु लडाईंको सिपाही जस्तो चुरुस्त दुरुस्त रहेको समेत उल्लेख गरेका छन !