Logo

कविता सुनुवारका हत्या आरोपीत युवा सार्वजनिक ( हेर्नुहोस भिडियो सहित )

जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३, बुद्धचोककी १५ वर्षीया कविता सुनुवारको हत्या आरोपमा एक युवकलाई सार्वजनिक गरेको । छगाइघाटमा पत्रकार सम्मेलन गर्दै प्रहरीले बेलका ३, किराँतचोकका १९ वर्षे विनोद ढकाल खत्रीलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत सिक्किमको बियुङ घर भई बेलका ३ स्थित, जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षे विनोद ढकाल र बेलका ३ का जितबहादुर ढकाल (खत्री) की १७ वर्षीया छोरी सरिता ढकाल रहेका छन् । तर, सरिता नाबालिका रहेको भन्दै प्रहरीले उनलाई सार्वजनिक गरेको छैन् ।

आजै दिउँसो रामपुरमा बसेको सर्वदलीय बैठकले हत्या आरोपित सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्