अभिनेता पल शाहविरुद्धको मुद्दामा जिल्ला अदालत नवलपुरमा थुनछेक बहस सकिएको छ ।एक नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोप लागेका शाहलाइ मंगलबार नवलपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बकपत्र र थुनछेक बहसका लागि लगिएको थियो।
अदालतका वैतानिक वकिल दीपक भट्टराईले तीन वकिलले किशोरीको तर्फबाट र ९ जना वकिलले शाहको पक्षबाट बहस गरेको जानकारी दिए ।बहसमा किशोरीपक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।
‘आदेश आउन लागेको छ । तत्काल धरौटीमा वा तारेखमा छुट्ने सम्भावना न्यून छ । थुनामै जाने हो । जतिसुकै बहस गरेपनि अहिले थुनछेकमा मान्छे छुट्दैन । तनहुँ अदालतमा जे भयो त्यही हुने हो,” उनले भने ।यसअघि किशोरी पक्षको जाहेरीका आधारमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
प्रतिक्रिया