नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको आर्थिक अवस्था जटिलतिर उन्मुख भएको बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै उनले बजेट र मौद्रिक निति ल्याउने बेला देश गभर्नरबिहीन बनायो भन्दै आपत्ती जनाए।
पूर्वअर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष पाण्डेले भने,’श्रीलङकामा अर्थमन्त्री भाग्ने अवस्था आयो । नेपालमा पनि यस्तो अवस्था नआउला भन्न सकिन्न । यस्तो बेलामा गभर्नर बेगरको राष्ट्र बैंक बनाइयो । बजेट र मौद्रिक नीति ल्याउने बेला देश गभर्नबिहीन बनायो । आर्थिक संकट आउने देख्छु म । हाम्रो देश जोखिमतिर त प्रवेश गर्ने होइन ।’
उनले भने, ‘पुँजीगत खर्च बढाउन समस्या आइरहेको छ । किनभने क्यास हाम्रो ढुकुटीमा ३३ अर्ब मात्रै छ । अहिले ठेकेदारहरुबाट मात्रै ५० अर्बभन्दा बढी माग भएको छ । पुँजीगत खर्च बढ्ने हो भने पैंसा दिन सक्दैनौं । पुँजीगत खर्च रोक्नुपर्ने अवस्था छ । यो बढाउने होइन, पैंसा दिन सक्ने अवस्था छैन । पुँजीगत खर्च अब रोक्नुपर्ने अवस्था आएको छ ।’
प्रतिक्रिया