रौतहटबाट ३ लाख घूससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहाका प्रधानाध्यापक राकेश कुमार ठाकुर पक्राउ परेका हुन् । करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियार टोलीले दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई पनि यमुनामाई गाउँपालिका वडा नं ४, सरुअठ्ठास्थित चन्द्रनिगाहपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया