मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् ।
सरकारले आज अगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुन लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । मंगलबार प्रस्तुत हुने नीति तथा कार्यक्रमअनुसार नै सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नेछ । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रम र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित हुने जानकारी दिइएको छ ।
प्रतिक्रिया