दाहालको अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी


मेयर रेनु दाहालको अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी रहेको परिवारले जानकारी दिएका छन् । दाहाल शुक्रबार दिउँसो राजधानीको जावलाखेलमा भएको छाडेकी दुर्घटनामा घाइते भएकी थिइन् । दाहालकी बहिनी तथा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको बताएकी छिन ।

‘आज दिउँसो दिदी रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा उहाँ चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदीको टाउकोमा सामान्य चोट लागेको र डाक्टरको अनुसार सिटी स्क्यान गरेर हेर्दा घाउ बाहिरी छालामा मात्रै भएको र अवस्था अहिले सामान्य भएकाले डिस्चार्जको तयारीमा छौं’, दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन् । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको चोट लागेको टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो ।