सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह

144
Shares

होटल,रेष्टुरेन्ट, बैंक लगायतमा सार्वजनिक रुपमा सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिने व्यक्ति तथा निकायले सातदिन भित्र काठमाडौं महानगरपालिकामा सम्पर्क गर्न पर्ने भएको छ । महानगरले आम सर्वसाधारणलाई सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने व्यक्ति तथा निकायहरुले सातदिन भित्र महानगरमा सम्पर्क गर्न आग्रह गरेको हो ।

शौचालय सर्वसाधाराणको सहज पहुँचमा पुर्याउन महाननगरको जेठ १६ गते बसेको बैठकले निर्णय गरेको हो ।एक सुचना जारी गर्दै महानगरले होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, शपिङ, कम्प्लेक्स लगायतलाई सार्वजनिक रुपमा आह्वान गरेको हो ।