Logo

र्‍यापर जी बबले सुनाए पुरा कहानी, आमाबुवालाई नै त्यागे – मुख छाडेपछि पत्रकारसंग त त र म म जी बब सग गरियको कुराकानी ( हेर्नुहोस भिडियो सहित )

आफू र परिवारबीचको विवादबारे आयोजित पत्रकार सम्मेलनमा र्‍यापर जी-बबले पारिवारिक अवरोधलाई नस्वीकार्ने बताएका छन् । परिवारबाट स्वतन्त्रता माग्दै आफूले मुद्दा हैन प्रशासनमा निवेदन दिएको समेत उनले बताए । आधा घण्टा लामो पत्रकार सम्मेलनपछि जी-बब पुनर्स्थापना केन्द्रमा फर्किएका छन् । उनी समर्पण समाज नामक पुनस्र्थापना केन्द्रका सदस्यहरुसँगै त्यतसर्फ लागेका हुन् ।

आफूलाई अहिले पनि उपचारको खाँचो भएको भन्दै जी-बबले स्वस्थ भएर काममा फर्किने बताए । उक्त रिह्याबका सञ्चालक टासी लामाले जी-बबले आफूसँग सहयोग मागेको र उनलाई उपचारको जरुरी भएको बताए ।टासीले भने, ‘ऊ मेन्टल्ली प्रिपेयर छैन । डिस्टर्ब छ । उसलाई केही समय दिनुस् । अहिले पनि मानसिक रुपमा कमजोर नै छ ।’ आफू पुनः रिह्याबमा बस्छु भनेर जी-बबले फोन गरेपछि बोलाएको लामाले पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया दिनुहोस्