Logo

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ। चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्