Logo

अर्को साता हुने भयो तेस्रो नेपाल इस्पोर्टस् च्याम्पियनसिप

नेपाल इस्पोर्टस् संघको आयोजनमा तेस्रो नेपाल इस्पोर्टस् च्याम्पियनसिप २३,२५ असारसम्म आयोजना हुने भएको छ ।

पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो ।

छोटो समयमा नै विश्वका युवाहरू माझ लोकप्रिय खेल इस्पोर्टस् नेपालमा पनि पछिल्लो समय रुचाइएको खेलमा पर्दछ ।

च्याम्पियनसिपमा पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

आयोजक संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनसिपका प्रतियोगिताहरु संचालन भइसकेको र २३ असारदेखि फाइनल खेलहरू आयोजना हुने जानकारी दिए ।

जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरूले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरू, एमएलबीबीमा १७ स्क्वाडका १०५ खेलाडीहरूले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरू रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरूबीच प्रतिस्पर्धा भइरहेको र १६ स्क्वाडकाबीच १६ असारसम्म सेमिफाइनलका प्रतिस्पर्धा भइरहेको अध्यक्ष डङ्गोलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्