Logo

धितोपत्र कारोबार बिक्रीतर्फको एओएन फिचर हट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार बिक्रीतर्फको अल अर नन (एओएन) फिचर हटाएको छ ।

लगानीकर्ताले आन्दोलनका दौरान यस्तो प्रावधान हटाउन माग गरेका थिए ।

सोही अनुसार नेपाल धितोपत्र बोर्डले यो व्यवस्था हटाउन निर्देशन दिएको थियो। यसअघि खरिदमा समेत रहेको एओएन प्रावधान विरोधपछि हटाइएको थियो ।

खरीद तथा बिक्रीमा एओएन अप्सन राखेर ठूलो माग वा बिक्री देखाएर ठूला लगानीकर्ताले बजारलाई प्रभावित बनाउने गरेको आरोप लाग्दै आएको छ ।

यस्तो प्रावधान हटेपछि अब वास्तविक खरिद र बिक्रीकर्ता मात्र टीएमएस सिस्टममा हुनेछन् । जसले नक्कली माग वा आपूर्ति देखाउने सम्भावना हुने छैन ।

प्रतिक्रिया दिनुहोस्