Logo

केएमसी स्कुलमा शिक्षकको शब् मिर्त अवस्थामा फेला

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको चमेना गृहमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन्।

काभ्रेको तेमालकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुकी मृत फेला परेको प्रहरीले जनाएको छ। स्कुलको चमेना गृहमा काम गर्ने रायमाझीको शव छात्रावास नजिकै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् ।

तर आफन्तहरूले भने उनको हत्या भएको भन्दै शव उठाउन दिएका छैनन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्