Logo

नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेको दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ । नेपाल क्रिकेट संघ [क्यान]का अनुसार श्रृंखला ५ र ६ जुलाईमा हुने तय भएको छ ।

यसअघि पहिलो खेल ४ र दोस्रो खेल ५ जुलाईमा हुने तय भएको थियो ।

नेपालले आज ओन्टारियो क्रिकेट क्लबसँग टी–२० खेल खेल्ने तय भएसँगै श्रृंखला एक दिन पर धकेलिएको हो । नेपाल र ओन्टारियोबीच यसअघि एकदिवसीय खेल भएको थियो । जहाँ नेपाल ६९ रनले विजयी भयो ।

पूर्वतालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताएको हो ।

प्रतिक्रिया दिनुहोस्