Logo

यस्तो छ प्रताप र एलिनाको हानिकारक माया

अमेरिकामा रहँदै आएका गीतकार, संगीतकार तथा गायक कृष्ण केसीले ‘हानिकारक माया’ बोलको गीत सार्वजनिक गरेका छन् । कृष्णकै शब्द तथा संगीत रहेको गीतमा प्रताप दास र एलिना चौहानको स्वर छ ।

गीतको भिडियोमा प्रताप र एलिनाले पनि अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशक तथा कोरियोग्राफीमा भिडियोमा छ । पुष्प खड्का, योगेश काजी, अनु पराजुली, प्रताप दास र एलिना चौहानको अभिनय देख्न सकिन्छ ।

भिडियोमा करण चैसरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्