Logo

आयल निगमको प्रस्ताव : एक पटकमा दुई पांग्रेलाई ५ र साना गाडीलाई २० लिटर पेट्रोल

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । जसमा एउटा उपाय यस्ता सवारी साधनलाई कम पेट्रोलियम पदार्थ दिने पनि उल्लेख छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो । सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र त्यसमध्ये एक दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको प्रवक्ता उपाध्ययले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्