Logo

अर्थ मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ – गगन थापा

कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

आज सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिनुभएको हो । अर्थ मन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्न उठेकोले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो ।

महामन्त्री थापाले अर्थ मन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्