Logo

एसईईको उत्तरपुस्तिका केन्द्रमा आइपुग्यो

एसईईका सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका जम्मा भइसकेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका मंगलबार मात्रै एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएकोले नतिजा प्रकाशनमा केही ढिलाई हुनसक्ने परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बताए ।

उनले भने, ‘अहिले धमाधम इन्ट्रीको काम भईरहेको छ । आज मात्रै उत्तरपुस्तिका आईपुगेकाले नतिजामा ढिलाई हुनसक्छ ।’ जम्मा भएको उत्तरपुस्तिका इन्ट्री गर्नै कम्तिमा दिन लाग्ने जानकारी दिए ।

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षण भइसकेको उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा जम्मा गरेको हो । जेठ ५ गतेबाट उत्तरपुस्तिका परीक्षण थालिएको थियो । असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी अनुसार प्रयास भइरहेको रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्