Logo

कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् ।

अखिल नेपाल फुटबल संघले मंगलबार रेनुका १० हप्ता चोटबाट बाहिर रहने जानकारी गराएको हो ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दौरान रेनुकालाई चोट लागेको थियो । १९औं एसियन गेम्सको लागि प्रशिक्षणमा रहेकी रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएपछि ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया गरिएको थियो ।

रेनुका १० हप्ता मैदान बाहिर रहेसँगै लगातार दोस्रो पटक घरेलु मैदानमा हुने साफ च्याम्पियनसिप गुमाउने सम्भावना रहेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले न्युज कारखानालाई जनाकारी गराए ।

प्रतिक्रिया दिनुहोस्