Logo

खाना खाने समय कति बेला उत्तम हाे ? जान्नुहाेस्

राती अबेर खाना खानुभन्दा बेलुका सबेरै खाना खाएर सुत्नु स्वास्थ्यका राम्रो मानिन्छ । शरीरको तौल सन्तुलित राख्न चाहनेहरुले त बेलुकी ७ बजेपछि खाने कुरा नखाएकै राम्रो ।

दिउँसो नै धेरै खानेकुरा खाइएको छ भने त बेलुका सकेसम्म कुनै पनि खानेकुरा नखाएकै राम्रो ।

यसरी दिउँसो पनि खानु र राती सुत्ने बेला पनि खानु भनेको मोटोपनालाई निम्त्याउनु हो । अर्कोतर्फ विज्ञहरुले बेलुकीको ७ बजे डिनर खाइसक्नु स्वास्थ्यको दृष्टिले धेरै राम्रो भएको बताउँने गरेका छन् ।

राती सुतेपछि शारीरिक गतिविधि शुन्य हुन्छ । तसर्थ, खाएका खानेकुरा पच्न पाउँदैन । त्यसले गर्दा पेटमा समस्या हुने, निन्द्रा नलाग्ने र निन्द्रा विथोलिने हुन्छ ।राती खान नहुने केही खाने कुरा यस्ता छन्राती टन्न भात खाएर सुत्नु भनेको भुँडी बढाउनु हो ।

त्यसैले बेलुकीको खानामा रोटी समावेश गरे निकै राम्रो हुन्छ ।स्वास्थ्यलाई खासै राम्रो नगर्ने र पाचन प्रणालीमा पनि समस्या ल्याउने तथा तौल बढाउने खालका खाने कुरा सुत्ने बेलामा खानु हुँदैन । यस्तो खाने कुराले पेटमा समस्या त ल्याउँछ नै निद्रा पनि विगार्छ ।

रातको समयमा खाना पछि उच्च क्यालोरीयुक्त खानेकुरा जस्तै, जेरी, रसवरी खानुहुँदैन ।फलफूलमा पनि सुगरको मात्रा धेरै हुने भएकाले सुत्ने बेलामा नखान स्वास्थ्यकर्मीहरुले सुझाव दिने गरेका छन् ।

अम्लीय तत्व भएका फलफूल तथा जुस रातमा पिउनु पनि पाचन क्रियाको दृष्टिले उपयुक्त मानिँदैन ।

आलु, आलुचिप्स जस्ता खानेकुरा पनि सुत्ने बेलामा नखाएकै राम्रो । यस्ता खाने कुरामा उच्च मात्रामा क्यालोरी, चिल्लो तथा सोडियम हुन्छ र सुत्ने बेलामा खादा स्वास्थ्यलाई खासै फाइदा गर्दैन ।

थप जानकारीः

बेलुकाको खाना समयमा नै खाएको सबैभन्दा उत्तम, राती अबेर खाना खाँदा हुन्छन् यस्ता खतरा

स्वस्थ एवम् तन्दुरुस्त रहनको लागि सही समयमा उचित आहारको अति आवश्यक हुन्छ । यदि हामी यसो गर्दैनौँ भने कयौँ स्वास्थ्य समस्याले पीडित हुन पुग्दछौँ । लामो समय राती अबेर खाना खाँदा समस्या थप जटिल हुन्छ । सुत्नुभन्दा २ वा ३ घण्टा अघि खाना खानु राम्रो मानिन्छ ।

कहिले पनि खाना खाने बित्तिकै सुत्ने गल्ती गर्नुहुँदैन । यसले स्वास्थ्य समस्या बढाउन सक्छ । यसकारण खाना खाइसकेपछि १०(१५ मिनेट हिड्नुपर्दछ । चिकित्सकका अनुसार, राती अबेर खाना खानुको १० नोक्सानको बारेमा यसरी चर्चा गरिएको छ ।

मुटुरोग दिनहुँ राती ढिलो खाना खाँदा शरीरमा कोलेस्ट्रोल बढ्न थाल्छ । यसले मुटुरोगको खतरा बढ्न सक्छ । तनाव दिनहुँ अबेर खाना खाँदा निन्द्रा पूर्ण रूपमा लाग्दैन । यसले तनाव बढाउन सक्छ । उच्च रक्तचाप दिनहुँ अबेर राती खाना खाँदा तनाव बढ्छ । यसले उच्च रक्तचापको समस्या बढाउन सक्छ ।

मोटोपन राती अबेर खाना खाने र तुरुन्त सुत्ने बानीले खाना फ्याटमा परिवर्तन हुनथाल्छ । यसले मोटोपनको समस्या बढ्न सक्छ । डायबिटीज दिनहुँ राती अबेर खाना खाँदा मोटोपन बढ्छ । यसबाट ब्लड शुगर लेभल बढ्नुको कारण डायबिटीजको आशंका बढ्न सक्छ । अपच ढिलो खाना खाँदा पाचन सन्तुलित रूपमा हुँदैन । यस अवस्थामा अपचको समस्या हुनसक्छ ।

अनिन्द्रा राती अबेर खाना खाने र तुरुन्त सुत्ने बानीले खाना फूड पाइपमा आउन थाल्छ । यस अवस्थामा निन्द्रा नलाग्ने समस्या हुनसक्छ । कब्जियत दिनहुँ राती अबेर खाना खाँदा इनडाइजेशन हुनथाल्छ । यस अवस्थामा कब्जियतको समस्या बढ्न सक्छ ।

फूड पाइपमा पोल्ने समस्या दिनहुँ राती अबेर खाना खाने र सुत्ने गर्दा खाना फूड पाइपमा आउनथाल्छ । यसबाट यहाँ पोल्ने समस्या उत्पन्न हुनथाल्छ । १०(एसिडिटी राती अबेर खाना खाँदा पाचन प्रक्रिया असन्तुलित हुन्छ । यसले एसिडिटीको समस्या उत्पन्न गर्न सक्छ ।

हिन्दु परम्पराले खाना खाने बारे बनाएका केही यी नियममा यस्तो रहेछ बैज्ञानिक कारण १

नेपाली परम्परा अनुसार, भोजन गर्नुभन्दा पहिले मन्त्र उच्चारण गर्दै चारैतिर पानी छर्कने गरिन्छ । के तपाईलाई थाहाँ छ आखिर मानिसहरुले खाना खानुभन्दा पहिले यसरी पानी किन छर्कन्छ रु नेपाल लगायत उत्तर भारतमा यसलाई आमचन र दक्षिण भारतमा यसलाइ परिसेशनको रूपमा चिनिन्छ ।

यो गर्नुको मुख्य कारण के हो भने हामीले भोजना गर्दा खानाको वरिपरी जल छर्नुले हामीले अन्नप्रति र भोजनप्रति सम्मान दर्शाएका छौं भन्ने बुझिन्छ । तर यसका पछि धार्मिक र वैज्ञानिक धेरै कारणहरु पनि छन । धेरै व्यक्तिलाई यसका फाइदाहरुको बारेमा थाहा नहुँन सक्छ आउँनुहोस जानौं यसका केही महत्वहरु ।

क, खानासम्म पुग्न सक्दैनन जिवाणुहरु

वास्तवमा, पुरानो समयमा, अधिकांश मानिसहरूका घरहरू कच्चा थिए, त्यसैले घरको फर्श पनि कच्चा थियो। यस ठाउँका बाहेक मानिसहरुले मैदानमा बसेर पनि खाना खाने गर्थे ।

यदि भोजन गरिरहेको समययमा कोही नजिर्कबाट हिड्दा पनि त्यो थुलो उडेर खानामा आउँने सम्भावना सबैभन्दा धेरै हुन्थ्यो, त्यसैले मानिसहरूले खानाको वरिपरी पानी छर्ने गरेको किवंदन्ती रहेको छ । यो स्वास्थ्यको दृष्टिकोणबाट पनि धेरै महत्त्वपूर्ण थियो। आज पनि, धेरै मानिसहरू भुइँमा बस्छन् र खाना खान्छन ।

यस्तो अवस्थामा, भोजनमा धूल उडेर जाने कुरा स्वाभाविक छ त्यसैले यस्तो गर्नुपर्छ । यदि तपाईं खानाको वरिपरि पानी पनि छर्कनुहुन्छ भने, यसले तपाईंको खानामा धूल आउँन पाउनेछैन, ताकि तपाईं जीवाणुहरूबाट बाँच्न सक्नुहुनेछ र तपाईं सामान्य एलर्जीजस्ता समस्याबाट पीडित हुनदेखि जोगिन सक्नुहुनेछ।

यदि खानापुर्व नैं तपाईले खानाको वरिपरी पानी छर्कनु भयो भने तपाईको खानामा कीरा आउँदैन,पानीको कारण, त्यो खानासम्म पुग्न सक्दैन ।

ख, ओछ्यानमा वसेर खाना खानुहुँदैन

अहिले मानिस यतिसम्म व्यस्त छ कि उसले केही अति सामान्य कुराहरुमा ख्यालसम्म गर्न सकेको हुँदैन । पछिल्लो समय ओछ्यानमा चिया र भोजन गर्नु सामान्यजस्तै बनेको छ तर यसको बेफाइदाहरुको बारेमा सायदै कमैंलाई जानकारी हुनसक्छ । यस्तो खालको बानीहरूले हाम्रो शरीरलाई नकारात्मक रुपमा असर गर्दछ ।

धर्मशास्त्रहरुमा भनिएको ओछ्यानमा बसेर भोजन गर्नुहुँदैन किनभने घरमा लक्ष्मी माताको आगमन हुँदैन जसको कारण तपाईले दरिद्रताको सामना गर्नुपर्ने हुन्छ । सामान्यतया ओछ्यान कपासबाट बनाइएका हुन्छन, कपास हाम्रो शरीरको उर्जालाई बाहिर निकाल्न दिदैन ।

खाना खाने समयमा हाम्रो फोक्सोबाट गर्मिपना बाहिर आउँन खोज्छ तर यो गर्मि ओछ३यानमा बसेर खाना खाने हो भने शरिरभित्र नैं रोकिएर बस्छ । यसले हाम्रो पाचन प्रणालीमा गम्भिर खालको असर गर्ने कुरामा स्वास्थ्यविदहरुले जानकारी दिएका छन ।

ग, उभिएर खाना खानुहुँदैन

अहिले कम समयमा धेरै कामहरु सम्मपन्न गर्ने वहानामा मानिसले आफ्नो जीवनसँग प्रत्यक्ष्य जोडिएको स्वास्थ्यजस्तो विषयमा गम्भिर खालको लापरवाही गर्ने गरेको छ । पछिल्लो समय बसेर पलेटी कसेर खाना खाने समय कसैंसँग समय हुँदैन ।

खाना खानको लागि विभिन्न खालाको उपकरणहरु बजारमा आएका छन जस्तैं टेबल लगायतका अरु केही वस्तुहरु बजारमा आएका छन ।

यसरी कुर्सिमा बसेर खाना खानु पनि स्वास्थ्यको हिसाबले राम्रो हुँदैन तर अहिले धेरै मानिसहरु बसेर पनि होईन उभिएर खाना खाने गर्छन । उभिएर खाना खानाले पेट र फोक्सोसँग सम्बन्धीत रोगलाई निम्त्याउँछ। यसबाहेक अग्नि, विष्णु, ब्रह्मा , पद्म पुराणमा भोजनलाई लिएर यस्तो नियमहरूको बारेमा वर्णन गरिएको छ ।

यसरी वसेर खाना खानाले तापईको खानामा जिवाणुको प्रवेश एकदमैं कम हुन्छ । बसेर खाना खाँदा तपाईको खानालाई जिवाणुले असर गर्दैन र उभिएर भोजना गर्दा तपाईले खानाको अपमान गरिरहनु भएको छ भन्ने अर्थ लाग्छ ।

नोटस् माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो रु हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्