Logo

के तपाईंलाई निन्द्रा लाग्दैन? मीठो निन्द्रा लगाउने यस्तो छ उपाय..

सुत्ने कोठा शान्त र हल्ला नहुने खालको हुनुपर्छ । बिहान उठेर दैनिक रुपमा शारीरिक व्यायाम गर्ने, दिउँसो नसुत्ने, सुत्नु अगाडि चिया, कफी नपिउने गर्नाले पनि निद्राको समस्याबाट मुक्ति पाउन सकिन्छ ।  त्यस्तै वढी वा ज्यादै कम खानाले पनि निद्राको  समस्या देखिन्छ । त्यसैले बेलुकाको खाना सन्तुलित रुपमा खाने गर्नुपर्छ । जहिले पनि एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ । निद्रा लाग्ने वेलामा मात्र ओछ्यानमा जाने र जाँड रक्सी सेवन नगर्ने बानीले पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

डिप्रेसन रोगका बिरामी गहिरो निद्रा नपरेको वताउँछन् । उनीहरु डरलाग्दो सपना देखेर आत्तिन्छन् । मेनिया रोगमा २ घण्टा सुते पनि उनीहरुलाई निद्रा पुग्छ । विरामी राति पनि टिभी हेरिरहने, कराउने र यताउता हिँड्ने गर्छन् । सिर्जाेफेनियाका विरामी रातभरी यताउता डुल्छन् र दिउँसो सुत्छन् । सन्तुलित भोजन र शारीरिक व्यायाम गर्ने मानिस राति राम्रोसँग निदाउँछन् । एक प्रकारको छारेरोग लागेका बिरामी अचानक ओछ्यानवाट खस्ने, शरीर कडा हुने, तन्किने, मुखवाट फिँज काढ्ने र १५ मिनेटपछि फेरि उठ्ने गर्छन् । एन्जाइटी डिसअर्डर भन्ने रोगका विरामी अँध्यारोमा डराउँछन । झ्यालढोका लगाउँदा आफू निसासिएजस्तो ठान्छन् । डराएर एक्लै वस्न सक्दैनन् ।

पुरानो अन्धविश्वासले गर्दा रात वढ्दै जाँदा भूत, वोक्सी आदि आउँछ  भनेर डराउँछन् । तर त्यस्तो केही भएको हुँदैन । कोही निद्रामा वेसरी घुर्ने गर्छन् । मोटो शरीर, कम शारीरिक व्यायाम र रक्सी सेवनले गर्दा प्रायः यस्तो भएको हुन्छ । रात लामो हुँदा शरीरको मेलाटोनिन भन्ने हर्माेन वढी प्रवाह हुँदा जाडो महिनामा कसैमा डिप्रेसन रोग देखिएको छ । सामान्य निद्रा नपर्दैमा औषधि लिनु हुँदैन । औषधिबिना गरिने उपचार सफल नभए मात्र औषधि प्रयोग गर्नुपर्छ । चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्नु हुँदैन ।

हाम्रो शरीरको स्वास्थ्यकालागि निद्रा अति आवश्यक हुन्छ । निश्चित समयमा भोक लाग्नु जस्तै हामीलाई निश्चित समयमा निद्रा लाग्छ । निन्द्रा विभिन्न किसिमका हुन्छन् । गहिराईका आधारमा निद्रालाई हलुका निद्रा, गहिरो र आरामदायी निद्रा तथा आँखाको गेडी हल्लिने निद्रा गरी तीन किसिममा बाँड्न सकिन्छ । खासगरी यी विभिन्न निद्रा हामी सुतेको बेलामा एकपछि अर्काे हुदै चक्रीय रुपमा आइरहेका हुन्छन् ।

हलुका निद्रामा कसैले वोलेको थाहा पाएर झसंग उठिन्छ । आँखाको गेडी हल्लिने निद्रामा पनि यस्तै अनुभव हुन्छ । तर जव गहिरो निद्रामा परेपछि केही थाहा हुँदैन । यस्तो निद्रालाई भाते निद्रा पनि भनिन्छ ।  मस्तिस्कको आरामकालागि यो अति आवश्यक छ । मानव शरीरको स्वास्थ्यकालागि करिब ६ घन्टा निद्राको आवश्यकता पर्छ । वालक तथा विरामीलाई लामो निद्रा आवश्यक पर्छ । कहिलेकाहिँ १ दिनको निद्रा विथोलिएमा अर्काे दिन यसले असर देखाउँछ । त्यसैले एक दिनको निद्राले ७ दिन पिरोल्छ पनि भन्ने गरिन्छ

प्रतिक्रिया दिनुहोस्