Logo

निन्द्रा नपुग्दा के हुन्छ ?

के तपाई पर्याप्त निन्द्राबाट बञ्चित हुनुहुन्छ ? मध्यरातमा बिउँझेर चिन्तित मुद्रामा घडीको सुईले टिक–टिक गरेको हेरेर बस्नुभएको छ ? तपाईंलाई निन्द्रा पुगेको छैन? अफिसमा छिर्नेबित्तिकै १० मिनेट यसो निदाउन पाए हुन्थ्यो जस्तो लाग्छ ? अवश्य पनि तपाईं एक्लै हुनुुहुन्न र आशा मरिसकेको छैन । हामी राम्रोसँग सुत्न चाहन्छौं, तथापि धेरैलाई गाह्रो हुन्छ ।

अनिन्द्राले के गर्छ ?
अपर्याप्त निद्राले मन अस्थिर बनाउछ र दैनिक गतिविधिमा नै असर गर्छ । अनिद्राका कारण थकान, एकाग्रताको अभाव, दिक्क लाग्ने, तनाब बढ्ने र दैनिक कार्य शैलीलाई नै असर गर्छ । ६ घन्टाभन्दा कम समय सुत्दा बढी भोक लाग्छ, जसले साढे सात गुणा मोटोपन ल्याउँछ ।  थोरै सुत्ने मानिसलाई पर्याप्त मात्रामा सुत्ने मानिसको तुलनामा साढे दुई गुना डायबिटिजको खतरा हुन्छ ।

पर्याप्त नसुत्दा रोग प्रतिरोधात्मक क्षमता घट्छ । डिप्रेसन, डायबिटिज, मुटुसम्बन्धी रोग, डिमेन्सिया निम्त्याउँनुका साथै असामयिक मृत्युसमेत हुन सक्छ ।वास्तवमा सातामा दैनिक ४–५ घन्टा सुत्दा स्मरण क्षमता १ प्रतिशतले घट्छ । समग्रमा भन्नु पर्दा अनिद्राले जीवनको गुणस्तर घटाउछ । कम सुत्दा निरन्तर रुपमा स्नायु प्रणालीलाई कमजोर हुन्छ र उच्च रक्तचाप तथा हृदयाघातको सम्भावना बढाउँछ । जीवनमा कुनै न कुनै बेला हामीले अनिद्रा अनुभूति गरेकै हुन्छौं ।
थोरै सुत्ने मानिस बढी परिश्रमी हुने धेरैको विश्वास छ । तर त्यो वास्तविकता होइन । अनिद्रा परिश्रम र प्रतिबद्धताको नमुना होइन ।

के हो राम्रो निन्द्रा ?
लामो समय सुत्नु केही हदसम्म कमजोरीको लक्षण हो । तथापि उच्च गतिविधि गर्ने मानिसको स्वस्थ रुपमा सुत्ने आदत हुन्छ । पर्याप्त र गुणस्तरीय निन्द्राले तनाब हटाउँछ र दिमाग फूर्तिलो बनाउँछ । यसले उर्जा तह तीब्र पार्छ, स्मरणशक्ति बढाउँछ र नकारात्मक आवेग घटाउँछ । पर्याप्त निन्द्राले रोगप्रतिरोधी क्षमता बढाउँछ र स्वस्थ सेल डिभिजनलाई प्रोत्साहन गर्छ । शारीरिक शक्ति बृद्धि गर्छ र दिमागको कार्यमा सुधार ल्याउँछ । निद्रा राम्रो भयो भने हाम्रो हर्मोन प्रणालीले राम्रो काम गर्छ ।

गुणस्तरीय निन्द्राले विद्यार्थी वा धावकको प्रस्तुतिलाई प्रभाव पार्छ । उदाहरणका लागि चितुवालाई लिन सकिन्छ । चितवा प्रतिघन्टा ६० माईलको दूरीमा दौडन्छ । तर यो दैनिक १८ घन्टा सुत्छ । अन्तर्राष्टि्य कम्पनी जस्तै बेन एन्ड जेरी, दी हफिङटन पोस्ट, जापोसले सुताईको महत्व राम्रोसंग बुझेका छन् । त्यही भएर तिनले आफ्ना कामदारलाई आराम गर्न कार्यालयमै सुत्ने कोठा व्यबस्था गरेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्