Logo

करणको कफी पिउन चाहँदैनन् यी स्टार

करण जोहार पछिल्ला दिनमा आफ्नो च्याट शो ‘कफी विद करण’लाई लिएर चर्चामा छन् । करणको यो शो आजबाट प्रिमियर हुँदैछ ।

करणको यो शो विवादको विषय बनिरहन्छ । तर केही कलाकार छन्, जो करणको कफी खान अस्वीकार गरिरहेका छन् । यो सूचीमा बलिउडदेखि साउथसम्मका कलाकार छन् ।

यसमा पहिलो नम्बरमा जूनियर एनटीआर पर्छन् । उनलाई हालैमात्र करणले शोका लागि निम्तो दिए पनि उनले त्यो निम्तोलाई अस्वीकार गरेका थिए ।

करणले केही दिनअघि आफ्नो शोमा अर्का साउथ स्टार रामचरण आउने घोषणा गरेका थिए । तर रामचरणले करणको भनाइलाई असत्य साबित गर्दै उनले शोमा आफू नजाने बताए ।

बलिउड अभिनेता रणवीर कपुरले पनि करणको शोमा जान अस्वीकार गरेका छन् । उनले निजी कारण देखाउँदै उनको शोमा नजाने निर्णय लिएका हुन् ।

‘केजीएफ २’का यश पनि करणको शोमा जान चाहँदैनन् । भलै करणले आफ्नो शोमा यश आउने दाबी गरे पनि उनको दाबीलाई यशले अस्वीकार गरेका छन् ।

साउथ स्टार प्रभास करण शोमा यसअघि देखिइसकेका छन् । तर अब भने उनी करणको कफी सोचमा छन् । त्यहीकारण उनले करणको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

बलिउड अभिनेत्री कंगना रनावतले करणको शोका विषयमा हालै एक पोस्ट गरिन् । उनले करणको शोको तारिफ गरे पनि उनी भने त्यो शोमा उपस्थित हुन चाहँदिनन् ।

 

प्रतिक्रिया दिनुहोस्