Logo

राति सुत्नुअघि दूध पिउनुका ८ फाइदा, के-के हुन् ?

१. मिठो निद्राका लागिः दूधमा ट्रिप्टोफेन र बायोएक्टिभ पेप्टाइड्स हुन्छन् जसले मिठो निद्रामा सघाउ पुर्याउँछ । तनावबाट टाढै बस्न चाहनुहुन्छ भने सुत्नुअघि एक गिलास दूध पिउन सक्नुहुन्छ ।

२. तौल घटाउन सघाउँछः तौल बढ्ने हो कि भन्ने चिन्ता नगरिकनै तपाईं राति सुत्नु अघि एक गिलास मनतातो दूध पिउन सक्नुहुन्छ । यसले तपाईंलाई राति लाग्ने भोक र जथाभावी खाने बानीबाट छुटकारा दिलाउने गर्छ ।

३. स्वस्थ हड्डीको निर्माणः दूधमा भिटामिन डीको मात्रा स्वस्थ हड्डीको निर्माणका लागि अत्यन्त जरुरी छ । दूध पिउँदा शरीरमा भिटामिन डी र क्याल्सियमको कमी पूरा हुन्छ ।

४. छालालाई स्वस्थ राख्छः नियमित रुपमा दूधको सेवनले छालालाई जवान राख्न सहयोग गर्छ । दूधमा भिटामिट बी १२ हुन्छ जसले छालाको लोच र कोलेजनको क्षतिलाई रोक्न मद्दत गर्नसक्छ ।

५. ऊर्जा प्रदान गर्छः राति सुत्नुअघि मनतातो दूध पिउँदा तपाईं भोलिपल्ट बिहान ऊर्जावान् महसुस गर्न सक्नुहुन्छ ।

६. तनावको स्तर कम गराउँछः दूधमा पाइने लेक्टियम नामक प्रोटिनले रक्तचापलाई नियन्त्रित गरेर मांसपेशीलाई आराम दिएर तनावका बेला शरीरले निकालेको हर्मोन कोर्टिसोलको स्तरलाई कम गरेर शरीरलाई आराम पुर्याउँछ ।

कोलेस्ट्रोल नियन्त्रित गर्छः तर काटेको दूध पिउँदा कोलेस्ट्रोलको स्तर कम हुनसक्छ । दूधमा हुने प्रोटिनले खराब कोलेस्ट्रोल (एलडीएल) लाई कम गर्छ र राम्रो कोलेस्ट्रोल (एचडीएल) लाई बढाउने गर्छ ।

७. पाचनमा सुधारः दूधमा जब मह मिसाइन्स तब यसले प्रिबायोटिकको रुपमा काम गर्छ जहाँ राम्रो ब्याक्टेरियाले आन्द्रामा रोग पैदा गर्ने खराब ब्याक्टेरियालाई नष्ट गरिदिने गर्छ ।

८. चिसो, रुघालाई टाढै राख्छः राति थोरै बेसार मिसाएर तयार गरिएको तातो दूध पिउँदा चिसो र खोकीको लक्षणलाई टाढा राख्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्