Logo

आज शनिबारः गर्नै नहुने १३ काम, के-के हुन् ?

 शनिदेव कर्मको हिसाबले फल प्रदान गर्ने गर्छन् भन्ने विश्वास गरिन्छ । हिन्दू धर्मशास्त्र अनुसार हाम्रो दैनिक जीवनमा ग्रहहरूको प्रभाव निकै उँचो रहेको छ ।

नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने पनि विश्वास गरिन्छ । ज्योतिषशास्त्रका अनुसार शनिबार केही यस्ता कामहरु गर्न हुँदैन । ती कामहरु गर्दा शनि ग्रह कमजोर हुन्छ ।

१. फलामलाई शनिको धातु मानिन्छ । शनिबार फलाम घरमा ल्याउँनुहुँदैन । यस दिन फलामबाट बनेका सामानहरु दान गर्नु शुभ मानिन्छ ।

२. शनिबार मासको कालो दाल किन्न हुँदैन । शनिबार यो दालबाट बनेको खिचडी दान गर्दा शुभ हुने विश्वास गरिन्छ ।

३. शनिबार सर्सौंको तेल घरमा ल्याउँनुहुँदैन । तर, यस दिन यो तेल दान गर्न सकिन्छ । शनि देवलाई प्रशन्न बनाउन तेल शनिदेवलाई अभिषेक गराउँन सकिन्छ । तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

४. शनिबार जुत्ता चप्पल किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

५. शनिदेव न्यायका देवता हुन् । शनिवार उनको विशेष पूजा आरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्नुहुँदैन ।

६. जाडो मौसममा कालो तिलले शरीरमा गर्मी पैदा गर्छ भने शक्ति प्रदान गर्दछ । कालो तिल पूजामा उपयोग गरिन्छ । अझ शनि देवको दशा कटाउनका लागि कालो तिल र पिवलमा तिल जल चढाइन्छ । शनिवार दान दिदा फल प्रप्त हुन्छ भने किन्दा कार्यमा बाधा आउने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । तसर्थ शनिबार कालो तिल किन्न बर्जित छ ।

७. शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।

८. घरका लागि सरसामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।

९. शनिबार फलामले बनेको सामान खरिद गर्नुहुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।

१०. कैंची पनि फलामबाट नै बनेको हुन्छ जुन कपड़ा, कागज आदि काटन प्रयोग गरिन्छ । परापूर्व कालदेखि कपडा पसले, टेलर आदि शनिवार नयाँ कैंची किन्दैनन । शनिबार कैंची खरीद गर्दा नालनातामा तनाव उत्पन्न हुने मान्यता रहेको छ ।

११. शनिवारको दिन ईन्धन, सफाइ, मट्टितेल आदि जस्ता ज्वलनशील पदार्थ खरीद गर्नु अशुभ मानिन्छ । अग्निलाइ देवताको रूपमा पूजा गरिन्छ, शनिबार घरमा ईन्धन भित्र्याउनाले परिवारमा कष्ट/दुःखले घेर्छ भनिन्छ ।

१२. कूचोले घरको फोहर निर्मल बनाउँछ, जसले गर्दा घरमा सकारात्मक ऊर्जाको आगमन हुन्छ । शनिबारको दिन कूचो खरिद गर्नु उपयुक्त मानिंदैन । शनिबारको दिन घरमा कूचो ल्याउँदा दरिद्रताको आगमन हुने मान्यता छ ।

१३. कागज, कलम आदि खरीद गर्नका लागि सबैभन्दा श्रेष्ठ दिन गुरुबार हो । शनिबार मसी÷स्याही किन्नु हँुदैन । यस्तो कार्यले मनुश्यको अपयशको भागीदार बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्