Logo

सुत्नुअघि के खाने के नखाने ?

राम्रो स्वास्थ्य निद्रासँग नजिकको सम्बन्ध छ । निद्राको कमीले गम्भीर रोगहरूको जोखिममा पार्न सक्छ । खानपानले निद्रामा पनि असर गर्छ । लामो समयसम्म बाधा पुर्‍याउन सक्छ । सुत्नुअघि के खाने के नखाने ? जान्नुहोस् ।
नखाने
–जंक फूडले सुत्न गाह्रो बनाउँछ ।
–क्याफिनले निद्रालाई गम्भीर रूपमा बाधा पुर्‍याउन सक्छ । यो तत्त्व कफी, चिया र डार्क चकलेटमा पाइन्छ ।
–टमाटरले एसिडिटी हुन सक्छ । त्यसैले सुत्नुअघि टमाटर नखाँदा हुन्छ । टमाटरले बेचैनी पनि बढाउन सक्छ जसले निद्रामा बाधा पुर्‍याउन सक्छ ।
अल्कोहलले तपाईंको निद्रामा बाधा पुर्‍याउन सक्छ ।
–मसलायुक्त खानेकुराले तपाईंलाई राती उठाउन सक्छ । यसले पेट दुख्ने र एसिडिटी हुन सक्छ ।
–सुत्नुअघि धेरै मिठाइहरू नखानुहोस् । यसले गर्दा निदाउन गाह्रो हुन्छ ।
–जंक फूडले राम्रोसँग निदाउन गाह्रो बनाउँछ । यसमा चिनी, बोसो र कार्बोहाइड्रेट बढी हुन्छ जसले निद्रामा समस्या निम्त्याउँछ । फास्ट फूडले मोटोपना पनि बढाउँछ जसले स्लीप एपनिया रोग निम्त्याउन सक्छ ।

खाने
–तातो दूध राम्रो निद्राको लागि लोकप्रिय घरेलु उपचार हो । बाल्यकालदेखि हामीलाई सुत्ने समयमा दूध पिउन सल्लाह दिइन्छ ।
–आरामदायी निद्राको लागि क्यामोमाइल चिया राम्रो विकल्प हो । अनिद्रा अर्थात् निद्रा नलाग्ने मानिसहरूलाई सुत्नुअघि यो पिउन भनिन्छ ।
–बदाम र ओखर यी ड्राई फ्रुट्समा निद्राको नियमन गर्ने हर्मोन मेलाटोनिनको मात्रा उच्च हुन्छ । यसले निद्राको गुणस्तर सुधार गर्छ ।
किवी फलमा निद्रा सुधार गर्ने धेरै गुणहरू छन् । एक अध्ययनका अनुसार सुत्नुभन्दा एक घण्टा अगाडि दुईवटा किवी खाँदा चाँडो निन्द्रा लाग्छ ।
–सुत्नुभन्दा एक घण्टा अगाडि सेतो भात खाँदा निद्राको गुणस्तरमा सुधार हुन्छ । यसले तपाईंको निद्राको अवधि पनि लम्ब्याउँछ । तर यसमा कार्बोहाइड्रेट बढी हुने भएकाले यसलाई सही मात्रामा खानु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्