Logo

आयुर्वेदिक टिप्स : राति भुलेर पनि नखानुहोस् यी चीज

आयुर्वेदकाअनुसार मानिसले जहिले पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर मात्र भोजन गर्नुपर्दछ । हरेक व्यक्तिले आफ्नो भोजनमा उचित मात्रामा गुलियो, नुनिलो, अमिलो, हल्का तितोपिरो स्वादलाई अनिवार्य रुपमा सामिल गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ । जसले गर्दा शरीरमा पोषक तत्वको राम्रो पूर्ति हुने गर्दछ।

खासगरी, रात्रीको भोजन गर्दा केहि खानेकुरा सकभर खानु हुँदैन । आयुर्वेदले बाथ, पित्त र कफका रोगीहरुले रातको समयमा भोजन गर्दा धेरै कुरामा सावधानी अपनाउनु पर्ने सल्लाह दिएको छ। आयुर्वेदमा रातको समयमा केहि खानेकुराहरु नखान सल्लाह दिइएको छ।

राति के खानेकुराहरु खानु हुँदैन

दही : राति कहिल्यै पनि दहीको सेवन गर्नु हुँदैन। राति दहिको सेवनले छातीमा कफ जम्न तथा घ्यारघ्यार हुने गर्दछ । जसले गर्दा श्वासप्रस्वासमा समस्या उत्पन्न गराउँदछ । रातको समयमा दहिको साटो दुध सेवन गर्दा स्वास्थ्यलाई लाभदायक हुने गर्दछ।

दूध : यदि राति दूध पिउने बानी छ भने, यसलाई थोरै परिवर्तन गर्न आवश्यक पर्छ। रातमा कम फ्याट वा गाईको दूध मात्र सेवन गर्नुहोस् । रातमा दुध सेवन गर्दा जहिल्यै पनि तातो दुध पिउनुहोस, तातो दुधलाई शरीरले सजिलै पचाउन सक्छ।

मसलेदार खाना : रातमा मात्र नभएर दिनमा पनि खाना बनाउँदा वा खाँदा कम मसला भएको खानेकुराहरू खानु पर्दछ। मसलाले शरीरको ताप बढाउँदछ र भोक पनि धेरै लाग्ने हुन्छ। साथै, यसले पेट पोल्नेदेखि अन्य समस्याहरू निम्त्याउन सक्छ। जहिले पनि खानामा दालचिनी, सुप, मेथी र अलैंची प्रयोग गर्नुहोस्। यसले पेटको समस्याहरूलाई टाढा राख्न मद्दत गर्दछ ।

प्रोटिनको मात्रालाई कम गर्ने : बेलुकाको खानामा प्रोटिनयुक्त खाद्य पदार्थहरूको सेवनलाई कम गर्नुहोस् । उच्च प्रोटिन भएका खाना जस्ता जस्तै दाल, हरियो सागसब्जी, माछा, मासु, फलफुल लगायतका खानाहरु कम सेवन गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्