Logo

बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने

नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ । वाणिज्य बैंकहरुले साउन महिनाका लागि निक्षेपमा ब्याजदर ११।०३ प्रतिशतसम्म नै दिने सहमति गरेका छन् ।

बैंकर्स संघको बुधबार बसेको बैठकले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको माच्छापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बताए ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगातार ब्याजदर बढ्न सक्ने बताउँदै आएका छन् । गभर्नर अधिकारीले सार्वजनिक मञ्चबाटै ब्याजदर बढ्न सक्ने बताए पनि बैंकर्स संघले भने स्थिर राख्ने निर्णय गरेको हो ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्